सर्लाही – आगामी एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ। साफ यू–२० महिला च्याम्पियनसिपमा सहभागी भएको टोलिमा प्रशिक्षक यम प्रसाद गुरुङले एकमात्र परिवर्तन गरेका छन्।
डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई टिममा स्थान दिइएको छ। छनोट प्रतियोगिता सन् २०२५ अगष्ट ६ देखि ११ सम्म भुटानमा आयोजना हुनेछ, जसमा नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा नेपालसँगै उत्तर कोरिया, साउदी अरेबिया र आयोजक भुटान रहेका छन्।

घोषित २३ सदस्यीय टोलीमा गोलकिपरमा सुजता तामाङ, लीला जोशी र करुणा बुढाथोकी छन् भने डिफेन्स लाइनमा सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पान्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया रहेका छन्।
मिडफिल्डमा कविता गुरुङ, शुशिला केसी, अस्मिता गुरुङ, सेनु परियार तथा कप्तानको भूमिकामा बिर्सना चौधरी छन्। फर्वाड लाइनमा कुसुम खतिवडा, सुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णीमा राई, मीना देउवा र समिक्षा मगर छन्। टोलीको नेतृत्व मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले गर्नेछन्।





