एकद्वार प्रणाली मार्फत खानेपानी वितरण गर्न सर्लाही प्रशासनको आग्रह

२०८२ श्रावण १२, सोमबार २०:१२

मलंगवा – हालको खडेरीका कारण उत्पन्न जल संकटलाई ध्यानमा राख्दै सर्लाही जिल्लामा अबदेखि एकद्वार प्रणालीमार्फत मात्र खानेपानी वितरण गरिने भएको छ। मधेश प्रदेश सरकारले २०८२/०४/०७ गते जल संकटलाई विपद् संकटग्रस्त घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आवश्यक निर्णय लिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिको साउन ७ गते बसेको बैठकबाट जिल्लाभरका सबै खानेपानी तथा सिंचाइ व्यवस्थापन एकद्वार प्रणालीबाट गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको छ। सो बैठकमा खानेपानी तथा सिंचाइ संकट समाधानका लागि विविध निर्णयहरू गरिएका थिए।

यसअनुसार अब सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी मात्र खानेपानी तथा सिंचाइको सेवा सञ्चालन गर्न सक्नेछन्। सहायक प्रमुख जिल्ला अधिकारी शिव कोइराला पोखरेलद्वारा हस्ताक्षरित सूचनामा जनसमुदायलाई आवश्यक जानकारी गराइएको छ।

May be an image of text

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार