सुखाग्रस्त घोषणापछि गोडैताको कदम: नगरवासीलाई मालपोत करमा छुट

२०८२ श्रावण १३, मंगलवार १०:१२

सर्लाही – सरकारले मधेश प्रदेशलाई सुखाग्रस्त क्षेत्र घोषणा गरेसँगै गोडैता नगरपालिकाले राहतस्वरूप मालपोत कर निःशुल्क गर्ने निर्णय गरेको छ । अब गोडैताका नगरवासीले चालु आर्थिक वर्ष २०८२/०८३ को लागि मालपोत कर तिर्नुपर्ने छैन।

नगरपालिकाले सोमबार एक सूचना जारि गर्दै साउन ११ गते सम्पन्न नगर कार्यपालिकाको बैठकले सम्पूर्ण मालपोत कर निःशुल्क गर्ने निर्णय गरेको जानकारी गराएको हो। नगरपालिकाले सुखाग्रस्तले कृषकहरूको जीवनमा परेको प्रत्यक्ष प्रभावलाई विचार गर्दै नगरपालिकाले यो निर्णय लिएको हो।

कृषि क्षति भोगिरहेका किसानहरूलाई राहत दिने उद्देश्यले वडा कार्यालयमार्फत सिँचाइको सुविधा समेत उपलब्ध गराउने तयारीसमेत गरेको सूचना उल्लेख गरिएको छ। योसंगै गोडैता नगरपालिकाले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरूको पुनःस्थापनादेखि आर्थिक पुनर्जीवनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिएको छ।

May be an image of text that says 'เอสทง गोडैता नगरपालिका नगर कार्यपालिकाको कार्यालय गोडैता, MIN सूचना ! सूचना मिति :२०८२०४१११ सूचना!!! !!! नेपाल सरकार द्वरा मधेश प्रदेशलाई सुखाग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा, यस गोडैता नगरपालिका समेत सो क्षेत्रभित्र परेको हुँदा मिति २०८२०४/११ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि यस नगरपालिकामा मालपोत कर नि:शुल्क गरिएको छ। साथै, नगरवासी कृषकहरूलाई राहत प्रदान गर्ने उद्देश्यले आवश्यकता अनुसार वडा कार्यालय मार्फत समुचित सिँचाइको व्यवस्था समेत गरिनेछ। संबन्धित सवै नागरिकहरूलाई यो सूचना जानकारीका लागि प्रकाशन गरिएको 떡 देबेन्द्र कुमार यादव नगर प्रमुख देवेन्द्रकुमारया देवेन्द्र कुमार कुमारयादव' याद्व नगर प्रमुख'

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार