सर्लाहीको भरत तालमा तैरिरहेको अवस्थामा महिलाको शव फेला

२०८२ श्रावण १४, बुधबार १४:००
file image

बागमती – सर्लाहीको बागमती नगरपालिका-१२ स्थित भरत तालमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको छ। बुधबार मध्याह्न तालमा तैरिरहेको अवस्थामा शव फेला परेको हो।

प्रहरीका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा प्रहरीको टोलि खटिएको छ। अहिले प्रहरीको टोलीले शव ताल बाहिर निकाली रहेको बुझिएको छ।

शवको पहिचान हुन् नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार