पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो

२०८२ श्रावण १५, बिहीबार २२:०७
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ ।

यो मूल्य शुक्रबार बिहानदेखि लागु हुनेछ। निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.८७ रुपैयाँ घटेर आएको र डिजलमा ३.५ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।

मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार