साइबर अपराध मुद्दामामा शर्मिला वाइबा पक्राउ

२०८२ श्रावण २०, मंगलवार १७:१५

सर्लाही – सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएकी शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार वाइबालाई कास्कीको पर्यटकीय क्षेत्र लेकसाइडबाट पक्राउ गरिएको हो।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उनको पक्राउ पुष्टि गरेका छन्। वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा दर्ता भएकाले नियन्त्रणमा लिइएको जनाइएको छ।

सो मुद्दा काठमाडौंमा दर्ता भएको र उजुरी उनका सहकर्मी शर्मिला श्रेष्ठले दिएको स्रोतको भनाइ छ। उनीमाथि अनुसन्धानका लागि मंगलबार नै काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार