भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते नेपाल आउने

२०८२ श्रावण २२, बिहीबार ११:४५

सर्लाही – भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको अनुसार, यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीसँग सम्बन्धित छ।

भ्रमणका क्रममा सचिव मिश्रीले प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओली भदौ महिनाको अन्तिम साता भारत जाने तयारीमा छन्। त्यसको पूर्वसन्ध्यामा हुने यो सचिवस्तरीय भेटघाटलाई महत्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार