धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु

२०८२ श्रावण २३, शुक्रबार १२:५२
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।

करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो। यस सम्बन्धमा अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार