सर्लाहीमा कुलोमा डुबेर एक बालकको मृत्यु

२०८२ श्रावण २४, शनिबार १४:५५
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बागमती नगरपालिका–१०, शङ्करपुर नयाँबस्तीका १४ वर्षीय कृष्ण मल्लिक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनि घर नजिकैको बागमती सिँचाइ आयोजनाको कुलोमा नुहाउन गएका थिए। सोहि क्रममा कुलो भत्किएर पोखरी जस्तो बनेको स्थानमा उनी डुबेका थिए। मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।

उक्त स्थानमा स्थानीय बालबालिका र बासिन्दाले नियमित रूपमा नुहाउने र लुगा धुने गर्दआए पनि सुरक्षा उपायको कमीका कारण यसअघि पनि दुर्घटनाको जोखिम देखिँदै आएको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार