मधेसमा लम्पीस्किनको प्रकोप, एक हजार सात सय चौपायाको मृत्यु

२०८२ श्रावण २४, शनिबार १९:०१

सर्लाही – मधेस प्रदेशमा फैलिएको लम्पीस्किन रोगका कारण हालसम्म १,७०० चौपायाको मरेका छन्। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका तथ्याङ्क अनुसार प्रदेशभर ५२ हजार ६८६ चौपाया संक्रमित भएका छन्। तीमध्ये २३ हजार ७०९ चौपाया उपचारपछि निको भएका छन् भने बाँकी अझै जोखिममा छन्।

लम्पीस्किन लागेका चौपायामा सुरुमा उच्च ज्वरो आउँछ, छालामा घाउ–खटिरा देखिन्छ, तथा घाँस, पानी खान नमान्ने लक्षण देखिन्छ। रोगको फैलावट रोक्न प्रदेश सरकारले खोप अभियान सञ्चालन गरेको छ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ४५ हजार चौपायालाई खोप दिइएको छ। तीमध्ये २ लाख ३१ हजार ५१५ चौपाया विज्ञ केन्द्रमार्फत खोपिएका हुन्। स्थानीय तहमार्फत पनि खोप लगाइएको छ। धनुषामा ५६६, सर्लाहीमा १७५ र रौतहटमा ३,७०० चौपायालाई खोप दिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार