सर्लाही — जनकपुरको थापाचोक क्षेत्रमा रेल र कारबीच ठक्कर भएको छ। भांगहाबाट जनकपुरतर्फ आउँदै गरेको रेललाई बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारले रेलवे लिक क्रस गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, थापाचोकबाट जानकी मन्दिरतर्फ जाने क्रममा कारले लिक क्रस गर्ने प्रयास गर्दा रेलसँग ठक्कर भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको खबर प्रहरीले पुष्टि गरेको छ।

यस घटनाले यातायातमा केही समय अवरुद्धता देखिएको थियो भने तत्काल सुरक्षा र व्यवस्थापनका लागि प्रहरी र सम्बन्धित निकायले आवश्यक कदम चालिरहेका छन्।





