सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका–धन्सर क्षेत्रमा आइतबार प्रहरीले झन्डै १० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका – १२ बस्ने ३४ वर्षीय दीपक थिङ रहेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक टीकामाया शिवाकोटीको नेतृत्वमा खटिएको टोलीले उनलाई ९ किलो ७५० ग्राम गाँजासहित पक्राउ गरेको हो।

ना ८० प ९८९३ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ गइरहेका थिङको साथमा रहेको जेब्रा झोलामा राखिएका दुई पोकाबाट गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।





