सर्लाही जिल्ला अदालतद्वारा ५५ प्रतिशत मुद्दा फर्स्यौट

२०८२ श्रावण २६, सोमबार १५:१६

मलंगवा – सर्लाही जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा कुल ३३५८ मुद्दा फछर्यौट गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट सरेर आएका र नयाँ दर्ता भएका मिलाएर अदालतमा ६०७० मुद्दा दर्ता भएका थिए। श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार अघिल्लो वर्षबाट सरेका २३४४ मुद्दामध्ये १५८८ मुद्दा समाधान भए। त्यस्तै, गत वर्ष नयाँ दर्ता भएका ३७२६ मुद्दामध्ये १७७० मुद्दा फछर्यौट भए।

यसरी जिम्मेवारी सरेका र नयाँ दर्ता मिलाएर अदालतले ५५.३२ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो। हाल चालु आर्थिक वर्ष २०८२/८३ मा सरेका २७१२ मुद्दामध्ये एक वर्षभित्रका १९५४, एकदेखि १८ महिनासम्मका ३७३, १८ महिना नाघेका २३० र दुई वर्षभन्दा पुराना १५५ मुद्दा छन्।

अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य पार्ने लक्ष्य राखे पनि, पक्राउ पुर्जी तामेलीमा कठिनाइका कारण १५५ मुद्दा अझै बाँकी रहेको जनाएको छ। अदालतका अनुसार, दरबन्दीअनुसार न्यायाधीश नहुनु र छोटो अवधिमै न्यायाधीशको सरुवा भइरहनुले मुद्दा समाधान दर ५५.३२ प्रतिशतमै सीमित भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार