सर्लाहीमा मोटरसाइकलको ठक्करबाट २ बर्षिय बालकको मृत्यु

२०८२ श्रावण २६, सोमबार १७:२७
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा मोटरसाइकलको ठक्करबाट २ बर्षिय बालकको मृत्यु भएको छ। जिल्लाको हरिवन नगरपालिका–२ पाकड गाछीमा आइतबार राति मोटरसाइकलले ठक्करबाट एक बालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार म.प्र.०२–००८ प २७५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका–२ अत्रौली टोलका जितेन्द्र महतोका २ वर्षीय छोरा रियान्स गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार