सर्लाहीमा मोटरसाइकल ठोक्किँदा तिन जना घाईते

२०८२ श्रावण २६, सोमबार २०:०४
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीको बागमती नगरपालिका–१२, बथाने टोलस्थित भित्री सडक खण्डमा सोमबार दिउँसो दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तिन जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार बागमती पुलबाट भरत तालतर्फ गइरहेको बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ गइरहेको प्रदेश ०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएकामध्ये प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकल चालक रौतहट दुर्गा भगवती गाउँपालिका–१ का १८ वर्षीय राजु चौधरीको दुबै हात र बाँया खुट्टामा चोट लागेको छ। उनको बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार उनकी आमा ४५ वर्षीया राधिका देवी चौधरीको टाउको, ढाड र दुबै हातमा चोट लागेको छ। उनको स्भयता हेल्थ केयर, कर्मैयामा मध्यम अवस्थाको उपचार भइरहेको र उपचारमा आफन्त संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रदेश ०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका–१० का १८ वर्षीय घनश्याम चौधरीलाई बागमती मोडेल अस्पतालमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार