सर्लाही – पर्सा जिल्लामा सजाय भोगिरहेका एक कैदीको मृत्यु भएको छ। मृतक २८ वर्षीय राहुल साह ‘कर्तव्य ज्यान’ मुद्दामा दोषी ठहर भई २५ वर्षको कैद सजाय काटिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार मंगलबार बिहान साह व्यायाम गर्दै गर्दा अचानक वान्ता भएको र त्यसपछि बेहोस भएका थिए। तत्काल उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन्।

मृत्युबारे अहिले प्रहरीले मृतकका आफन्तसँग छलफल गरिरहेको छ। तर, आफन्तले घटनामा शंका व्यक्त गर्दै विभिन्न आरोपहरू लगाएका छन्।





