जनकपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोलि

२०८२ श्रावण २८, बुधबार १६:५९

सर्लाही – धनुषाको मिथिला नगरपालिका – २ मा प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतका अनुसार पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर पप्पु शाह घाइते भएका छन्।

उनको दायाँ खुट्टामा गोली लागेको छ। काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेलको नेतृत्वमा रहेको टोलीले दुई राउन्ड गोली चलाएको थियो। पक्राउ परेकामध्ये अर्की एक महिला पनि सामेल छन्।

उनका अनुसार उनीहरूको साथबाट करिब २२५ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। घाइते पप्पु शाहलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ भने पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार