कोडैनामा ५८ सय लिटर अवैध घरेलु मदिरा नष्ट

२०८२ श्रावण २८, बुधबार २१:५८

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले अवैध घरेलु मदिरा र त्यसका कच्चा पदार्थ नष्ट गरेको छ। प्रहरीका अनुसार बुधबार बिहान करिब ११ बजे जिल्लाको कौडेना गाउँपालिका–३ स्थित विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी कौडेनाको संयुक्त टोलीले छापा मारेको थियो।

स्थानीय जनप्रतिनिधीको रोहबरमा गरिएको उक्त कार्यवाहीमा ८ घरमा लुकाइ राखिएका २९ वटा ड्रममा रहेको करिब ५८ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग हुने भाँडाकुँडा तथा भठ्ठीहरू नष्ट गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव निरीक्षक सरोज राईका अनुसार अवैध मदिरा नियन्त्रण गर्न यस प्रकारका अभियान निरन्तर जारी रहने छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार