राजेन्द्र महतोको आरोप: देउवा, ओली र प्रचण्ड सबैमा एकल नश्लीय शासन प्रवृत्ति हावी भयो

२०८२ श्रावण २९, बिहीबार १८:४२
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो

सर्लाही – राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा लोकतान्त्रिक व्यवस्था सबै नागरिकको अधिकार सुनिश्चित गर्ने दिशामा अघि नबढेको आरोप लगाएका छन्।

बिहीबार जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा कार्यक्रममा बोल्दै उनले हालको शासन व्यवस्थामा ‘एकल नश्लीय शासन प्रवृत्ति’ हाबी भएको दाबी गरे।

महतोका अनुसार लोकतन्त्र स्थापना भएको ३५ वर्ष बितिसक्दा पनि जनताले आफ्नो हक अधिकार पूर्ण रूपमा पाउन सकेका छैनन्। उनले देशका तीन प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैमा एउटै प्रकारको वर्चस्ववादी प्रवृत्ति देखिएको आरोप लगाए।

“नेपालमा उत्पीडन कुनै नयाँ कुरा होइन, यो ऐतिहासिक रूपमा जरा गाडेको समस्या हो। मुलुकको निर्माण जसरी भयो, शासन पनि त्यही आधारमा हुनुपर्ने थियो। तर त्यस्तो नगरेका कारण आजको अवस्था सिर्जना भएको हो,” महतोले भने।

उनले थपे, “ओली, देउवा र प्रचण्डको राजनीतिक शैली एउटै प्रवृत्तिको हो, एकल नश्लीय शासन। देश विविधतायुक्त छ, तर शासन चाहिँ एकल बनाइन्छ। सात पटक संविधान बने पनि जनताको हितमा एउटै संविधान बन्न सकेन।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार