सर्लाही – सर्लाहीमा निजी विद्यालयका शिक्षकको गोली हानी हत्या गरिएको छ। जिल्लाको हरिपुर्वा नगरपालिकामा शुक्रबार साँझ अज्ञात समूहले गोली प्रहार गरी एक शिक्षकको हत्या गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा–५ निवासी ३६ वर्षीय रामपुकार रायलाई घर नजिकै अज्ञात समूहले लक्षित गर्दै गोली हानेका थिए। स्थानीयवासीका अनुसार रामपुकार राय विगत केही वर्षदेखि गाउँकै एक निजी विद्यालयमा अध्यापन गर्दै आएका थिए।

घटनाको बिस्तृत बिबरण आउँन बाँकी छ।





