सर्लाही – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरबदल गरेको छ। नयाँ दर अनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य घटेको छ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । त्यस्तै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर २.३३ रुपैयाँ बढेर आएको र डिजलमा १.२७ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।





