भारतका विदेश सचिव मिश्री भोलि नेपाल आउँदै

२०८२ श्रावण ३१, शनिबार १६:१९

सर्लाही – भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि भोलि ( आइतबार ) नेपाल आउँदै छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा हुने उक्त भ्रमणका क्रममा नेपाल–भारतबीचको साझेदारीका विविध पक्षमा उच्चस्तरीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विशेषगरी कनेक्टिभिटी, विकास सहयोग र आपसी चासोका विषयमा दुवै देशका सचिवबीच संवाद केन्द्रित रहने बताईएको छ। नेपाल भ्रमणको क्रममा मिश्रीले यहाँका उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ।

उनी सोमबार मात्र स्वदेश फर्कने छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार