हरिपुरमा आज सार्वजनिक बिदा

२०८२ भाद्र १, आईतवार ०८:३१

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिकामा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ। नगरप्रमुख गोपाल पजियारले शुक्रबार जारि सूचना मार्फत श्रीकृष्ण जन्माष्टमीको अवसरमा नगरभित्र आइतबार पनि बिदा हुने जानकारी दिएका थिए।

शनिबार कृष्णाष्टमी पर्व धुमधामसहित मनाइएपछि, नगरका विभिन्न स्थानमा लाग्ने मेला व्यवस्थापन र सहभागितालाई सहज बनाउन थप एक दिन बिदा दिने निर्णय गरिएको हो।

नगरप्रमुख पजियारका अनुसार आइतबार नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, आकस्मिकबाहेकका स्वास्थ्य संस्था तथा नगरपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार