नहरमा डुबेको अवस्थामा एक पुरुष मृत भेटीए

२०८२ भाद्र १, आईतवार ०८:४६
file image

सर्लाही – सप्तरीमा नहरमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको हो।

प्रहरीका अनुसार शनिबार कञ्चनरुप–७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको हो। चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले मृतकको शव परीक्षणका गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। घटना रहस्यमय देखिएको र आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार