सर्लाही – सप्तरीमा खेतमा लगाएको तारबारमा करेन्ट लागेर दम्पतिको मृत्यु भएको छ।
जिल्लाको कञ्चनरुप नगरपालिका–५ पिपरामा खेतमा लगाएको तारबारमा करेन्ट लागेर स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको मृत्यु भएको हो।

प्रहरीका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।





