सर्लाही – सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिल पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो भने शनिबार जिल्ला प्रहरी कार्यालय धनुषा ल्याईएको हो।

धनुषा प्रहरीका अनुसार गत १२ माघ २०८१ मा अधिवक्ता रायसहित तीन जनाले धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको आरोप छ। बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ।
पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो । उनलाई आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको प्रहरीले जनाएको छ।





