जनकपुर – इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तस्थित पोसो क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ । ६.० म्याग्निच्युडको भूकम्पबाट कम्तीमा २९ जना घाइते भएको त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ ।
मौसम तथा भूभौतिकी विभागका अनुसार स्थानीय समयानुसार बिहान ५ः३८ बजे गएको भूकम्पको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तर–पश्चिमतर्फ र १० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्प करिब १५ सेकेन्डसम्म चलेको र पोसो पेसिसिर जिल्ला सहित मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँमा समेत प्रबल रुपमा महसुस गरिएको बताइएको छ । आकस्मिक धक्का महसुस भएपछि धेरै स्थानीय बासिन्दा सुरक्षा खोज्दै घरबाट बाहिर निस्किएका थिए।





