विद्या भण्डारीको दाबि: एमालेको सक्रिय तथा संगठित सदस्य हुँ

२०८२ भाद्र २, सोमबार १४:४८
file image

सर्लाही – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय र संगठित सदस्य रहेको स्पष्ट गरेकी छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले पार्टी केन्द्रीय कमिटीले हालसालै गरेको निर्णयबारे आधिकारिक जानकारी नआएको बताइन्।

तर उनले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता यथावत रहेको दोहोराइन्। “म ४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ। हिजो पनि एमालेकै तर्फबाट राष्ट्रपति बनेकी थिएँ, आज पनि त्यहीँ छु,” भण्डारीले भनिन्। उनले अहिले वामदलबीच एकताको सम्भावना भने क्षीण भएको टिप्पणी गरिन्।

विराटनगर आइपुगेकी भण्डारीलाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले विमानस्थलमा स्वागत गरेकी थिइन्। उनी मोरङ सेवा समाजको निमन्त्रणामा कार्यक्रममा सहभागी हुन विराटनगर पुगेकी हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार