मदिरा सेवनका कारण कुवेतमा मृत्यु हुनेको संख्या १६ पुग्यो

२०८२ भाद्र ३, मंगलवार १५:३६

जनकपुर – कुवेतमा मिथानोल मिसिएको मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी कुवेतका अनुसार हालसम्म कुल २३ जना आप्रवासीले ज्यान गुमाइसकेका छन्। मिथानोल मिसिएको मदिरा सेवनपछि १६० भन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो। तीमध्ये ठूलो संख्यामा नेपाली समेत परेका छन्।

कुवेतमा मदिरा सेवन, उत्पादन, बिक्री र ओसारपसार कानूनी रूपमा पूर्ण प्रतिबन्धित छ। तर प्रतिबन्धको अवज्ञा गर्दै केही नेपालीसमेत संलग्न हुँदा ठुलो जनधनको क्षति भएको एनआरएनएले जनाएको छ।

संघले कुवेतमा रहेका नेपालीलाई प्राणघातक र जोखिमपूर्ण पदार्थ सेवन नगर्न, त्यस्तो गतिविधिमा संलग्न नहुन र स्थानीय कानुनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार