एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने

२०८२ भाद्र ५, बिहीबार १८:००

सर्लाही – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण मङ्सिर पहिलो सातादेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लिग मङ्सिर १ गते (नोभेम्बर १७) बाट सुरु भई मङ्सिर २७ गते (डिसेम्बर १३) सम्म काठमाडौंमा सञ्चालन हुनेछ। यसअघि नै साउन २४ गते मिनी अक्सन सम्पन्न भइसकेको छ। उक्त अक्सनमार्फत प्रत्येक टिमले खेलाडी छनोट गरिसकेका छन्।

यस संस्करणमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी आठ फ्रेन्चाइज टोलीबीच उपाधि भिडन्त हुने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार