मधेश प्रदेशसभाको अधिवेशन आह्वान

२०८२ भाद्र ५, बिहीबार १९:१८

सर्लाही – मधेश प्रदेशसभाको अर्को अधिवेशन आउँदो भदौ १२ गते (बिहीबार) दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान गरेकी हुन्।

यसअघि गत बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रमुख भण्डारीले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए।

मधेश प्रदेशसभाको पाँचौं अधिवेशन असार ३२ गते सकिएको थियो। नयाँ अधिवेशनमा आगामी नीति निर्देशन र बजेट कार्यान्वयनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार