सर्लाही – उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेस प्रदेशमा विद्युत आपूर्तिको प्रभावकारिता बढाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
बिहीबार सुख्खाग्रस्त घोषित मधेस प्रदेशको अवस्था अवलोकन गर्न जनकपुर पुगेका मन्त्री खड्काले सिँचाइका लागि आवश्यक मात्रामा विद्युत सहज र व्यवस्थित रुपमा पुर्याउन आग्रह गरे।

उनले प्रदेशमा व्यापक रूपमा भइरहेको विद्युत चोरी नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यसले आपूर्तिमा अवरोध सिर्जना गर्ने बताउनुभयो। साथै, पुराना ट्रान्समिसन लाइन र ट्रान्सफर्मर मर्मत गरेर प्रणालीलाई सबल बनाउन पनि निर्देशन दिए।
धान रोपाइँ सकिएपछि पानीको अभाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै, नहर निर्माण तथा जीर्ण संरचनाको मर्मतमा तत्काल काम गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ।





