सिरहामा खैरो हिरोइनसहित तीन जना पक्राउ

२०८२ भाद्र ६, शुक्रबार ०९:३७
साङ्केतिक तस्बिर

सर्लाही – सिरहामा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार विहान चोहर्वा – सिरहा सडकखण्डको विष्णुपुर गाउँपालिका – १ नजिक जाँच गर्ने क्रममा प्रहरीले यात्रुबाहक प्र.२–०१–००१ ज ००४३ नम्बरको विंगर रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीलाई बसमा लागुऔषध बोकेर ल्याइँदै गरिएको भन्ने गोप्य जानकारी पुगेपछि चेकजाँच कडा पारिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेहरू मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ का करिब ३८ वर्षीय दिनेश सुनार, इन्द्र सुनार र २९ वर्षीय विशाल गोले हुन्।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बिरेन्द्रकुमार पासवानका अनुसार चेकजाँचका क्रममा दिनेश सुनारको पाइन्टको खल्तीमा राखिएका दुईवटा स–साना प्लास्टिकका पोका भेटिएका थिए।

तौल गर्दा प्लास्टिकसहित करिब सात ग्राम ३१० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद लिई उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार