मधेशका मुख्यमन्त्री मलेसिया भ्रमणमा जाँदै

२०८२ भाद्र ६, शुक्रबार १८:५१
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया भ्रमणमा जान लागेका छन् । शुक्रबार मुख्यमन्त्री सिंह मलेसिया निजी भ्रमणको लागि काठमाडौंबाट प्रस्थान गर्न लागेका हुन् ।

मुख्यमन्त्री सिंहले मलेसियामा नेपाली कामदार र मधेश प्रदेशका नागरिकहरूसँग भेटघाट गर्ने योजना बनाएका छन्। उनको सचिवालयका अनुसार मुख्यमन्त्रीले मलेसियाका विभिन्न कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् । मधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को प्रावधान अनुसार मन्त्री यादवले यो अवधिमा सरकारको नेतृत्व गर्ने छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार