मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोलाई नेपालको सबभन्दा भ्रस्ट्र अध्यक्षको आरोप लगाएका छन्। उनले अध्यक्ष महतोका भ्रस्टचारका काण्डहरु अनगिन्ती रहेकोसमेत उल्लेख गरेका छन्।
धड्कन एफ एमको आधिकारिक फेसबुक पेजमा सार्वजनिक एउटा भिडियो शेयर गर्दै उनले यस्तो आरोप लगाएका हुन्। यसका साथै उनले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि राज कुमार गुप्तालाई समेत ठुलो भ्रस्टचारी रहेको आरोप लगाएका छन्।

भिडियो शेयर गर्दै उनले लेखेका छन् – ‘नेपालको सब भ्रष्ट अध्यक्ष राजकुमार महतो रहेको छ। र त्यो भन्दा ठूलो भ्रष्टाचारी तत्कालीन संघीय मन्त्री राज कुमार गुप्ता हो। अध्यक्ष राज कुमार महतोले गरेका यस्ता यस्ता भ्रष्टाचारका काण्ड अनगिन्ती छन्।’
पाल उक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा अध्यक्ष महतोले उनिसंग काम गर्न असहज भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको लागि चिठी पठाएका थिए। त्यसपछि उनको सरुवा भएको थियो। त्यो समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि राज कुमार गुप्ता थिए।
यो पनि पढ्नुहोस:
– चन्द्रनगर गाउँपालिकामा ईन्धन मै अनियमितता: अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च





