सर्लाही – पशुपति आर्यघाटमा शवको हड्डी खरिद – बिक्री गरेको अभियोगमा पक्राउ परेका चार जनालाई धरौटीमा रिहा गर्ने आदेश काठमाडौँ जिल्ला अदालतले दिएको छ। न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार उनीहरूलाई जनही १०–१० हजार रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश गरेको हो।
धरौटीमा छुट्नेहरूमा सर्लाही लालबन्दी–२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रे मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल उर्फ जीवनाथ ढकाल, उदयपुर कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरी बलानबिहुल– का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

उनीहरूविरुद्ध शवको हड्डी किनबेच प्रकरणमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।





