नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा खापुङ

२०८२ भाद्र १३, शुक्रबार १३:२३

सर्लाही – नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले प्रहरी संगठनको ३२औँ महानिरीक्षक (आईजीपी) का रूपमा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो। खापुङ प्रहरी वरिष्ठता क्रममा पहिलो स्थानमा रहेका एआईजी थिए।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाने भएपछि खापुङले नयाँ जिम्मेवारी सम्हाल्न लागेका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार