बाराको सिमरामा पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको मालाले सम्मान

२०८२ भाद्र १४, शनिबार ११:५६

सर्लाही – नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः देखा परेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार वीरगन्ज पुगेकी छिन्। काठमाडौँबाट बाराको सिमरा विमानस्थल हुँदै उनी वीरगन्ज प्रवेश गर्दा एमाले नेता-कार्यकर्ताले भव्य स्वागत गरेका हुन्।

सिमरा विमानस्थलमा कार्यकर्ता र स्थानीय महिलाहरू लामबद्ध भएर भण्डारीको स्वागतमा उभिएका थिए। त्यहाँ उनले ५१ किलो तौलको माला लगाएर सम्मान पाएकी छन्।

भण्डारी वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेकी हुन्। कार्यक्रमअघि विमानस्थलमै भएको स्वागतले उनको सक्रिय राजनीतिमा फर्किएको सन्देश प्रष्ट भएको एमाले कार्यकर्ताहरूको भनाइ छ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनको एमाले सदस्यता खारेज गरे पनि भण्डारी पछिल्ला दिनमा राजनीतिक गतिविधि अझै तीव्र पारिरहेकी छन्। यही भदौ ५ गते उनले काठमाडौँको थापागाउँमा सम्पर्क कार्यालय स्थापना गरेर सक्रियता बढाएको देखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार