राष्ट्र बैंकले दसैँमा नयाँ नोट वितरण नगर्ने, सुकिला नोट भने साट्न सकिने

२०८२ भाद्र १५, आईतवार ०९:३४

सर्लाही – आगामी दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष पनि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ । तर, सर्वसाधारणका लागि सुकिला नोट भने उपलब्ध गराइने भएको छ ।

राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनामा भदौ २९ गतेदेखि असोज १० गतेसम्म कार्यालय समयभित्र सुकिला नोट साट्न सकिने उल्लेख छ । उक्त व्यवस्था मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित राष्ट्र बैंकका कार्यालय तथा वाणिज्य बैंक र वित्तीय संस्थामार्फत हुने जनाइएको छ ।

यस अघि पनि नयाँ नोट वितरण बन्द गर्दै आएको राष्ट्र बैंकले यसपटक पनि सो नीति निरन्तरता दिएको हो । तर, दशैं तिहारमा आवश्यक पर्ने सुकिला नोट भने सहजै पाउन सकिने बैंकले स्पष्ट पारेको छ ।

bb

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार