सर्लाहीमा आफूलाई डसेको सर्प बोकेर उपचार गर्न अस्पताल पुगे एक बिरामी

२०८२ भाद्र १५, आईतवार १६:०२

मलंगवा – सर्लाहीमा एक जना पुरुषलाई सर्पले डसेपछि सर्पलाई नै समातेर उपचार गर्न अस्पताल पुगेका छ्न। शनिबार मध्यान्ह जिल्लाको विष्णु गाउँपालिका – ६ का ४० वर्षीय रामइश्वर रायले आफूलाई सर्पले डसेको भन्दै प्रादेशिक अस्पताल मलङ्गवामा पुगेका हुन्।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार यस्तो घटना पहिलो पटक भएको हो । बिरामीले आफूलाई टोकेको सर्प समेत ल्याएर उपचार गर्न आउँदा अस्पतालमै अचम्मको वातावरण बनेको थियो।

अस्पतालका अनुसार रायलाई गोमन सर्पले डसेपनि विष नपसेको पुष्टि भएपछि सामान्य उपचार गरी पाँच घण्टा निगरानीमा राखिएको थियो। अवस्था सामान्य भएपछि साँझ डिस्चार्ज गरिएको थियो।

रायलाई गाउँमै सर्प समाउने क्रममा उक्त सर्पले डसेको थियो। परिवारसहित अस्पताल पुगेका उनी हातमा सर्प बोकेरै ढुकढुकीसँग हिँडिरहेका दृश्य हेर्न अस्पतालमा केहीबेर ठूलो भीड लागेको थियो। अस्पताल प्रशासनका अनुसार उपचारपछि पनि उनले त्यसै सर्प बोकेरै घर फर्किएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार