सर्लाही – बाराको एक धर्मशालामा सर्लाहीका वृद्ध मृत फेला परेका छन्। जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका – ७, शान्ति टोलस्थित धर्मशालामा एक वृद्ध मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार धर्मशालाको पेटीमा सर्लाही ईश्वरपुर नगरपालिका – ७ फुलजोरका ६० वर्षीय गोपाल चौधरी मृत अवस्थामा फेला परेका हुन्। घटनापछि प्रहरी टोली पुगेको थियो र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






