प्रधानमन्त्री ओलीलाई भेटेपछि मोदीले भने : नेपालसँग भारतको सम्बन्ध विशेष छ

२०८२ भाद्र १५, आईतवार १८:१५

सर्लाही – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई विशेष र आत्मीय बताएका छन् । चीनको तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच आइतबार संक्षिप्त भेटवार्ता भएको थियो ।

भेटपछि सामाजिक सञ्जाल एक्स (X) मा तस्बिर सेयर गर्दै मोदीले लेखेका छन्, “तियानजिनमा प्रधानमन्त्री ओलीलाई भेट्दा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ ।”

हालै भारत र चीनबीच लिपुलेक मार्ग हुँदै व्यापार पुनः सुरु गर्ने सहमति भएपछि नेपाल – भारत सम्बन्धमा तनाब बढेको छ । यस्तो परिस्थितिमा भएको ओली – मोदी भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री ओली चीन भ्रमण सकेर चाँडै भारत यात्रा गर्ने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार