सर्लाहीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

२०८२ भाद्र १५, आईतवार २०:२५
मृतक बालिका

मलंगवा – सर्लाहीमा पोखरीमा डुबेर ५ बर्षिया बालिकाको मृत्यु भएको छ। जिल्लाको मलंगवा नगरपालिका–६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो।

प्रहरीका अनुसार आइतबार दिउँसो स्थानीय छोटेलाल पासवानकी पाँच वर्षीया छोरी आरुही पासवानको पोखरीमा डुबेर मृत्यु भएको हो। खेल्ने क्रममा हराएकी उनको खोजि गर्ने क्रममा पोखरीमा मृत फेला परेकी थिइन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार