सर्लाही – बारामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको सुवर्ण गाउँपालिका – २, कवहीगोठका सशस्त्र प्रहरी जवान २७ वर्षीय विशाल यादवको करेन्ट लागेर मृत्यु भएको हो।
यादव बिदामा घर आएका थिए। उनी सोमबार साँझ घरमा मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि अस्पताल लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो।






