वाइरिङको काम गर्ने क्रममा करेन्ट लागेर कामदारको मृत्यु

२०८२ भाद्र १८, बुधबार ०९:१७
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा वाइरिङको काम गर्ने क्रममा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मिथिला नगरपालिका-१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार मङ्गलबार साँझ लालगढ कै एक निर्माणाधीन घरमा वाइरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ।

अहिले शवलाई पोस्टमार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार