वडा सदस्यको मृत्यु, बरहथवा नगरपालिकाले दियो शोक बिदा

२०८२ भाद्र १९, बिहीबार ०८:०१

मलंगवा – सर्लाहीको बरहथवा नगरपालिकाका वडा नम्बर ९ का सदस्य राधेश्याम महतोको असामयिक निधन भएकोमा नगरपालिकाले गहिरो शोक प्रकट गरेको छ। महतोको आज बिहान निधन भएपछि नगरपालिकाले शोक संवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा स्वर्गीय महतोको निधनले नगरपालिकामा अपूरणीय क्षति भएको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

वडा सदस्य महतोको निधनमा नगरपालिकाले आज नगरपालिकामा शोक बिदा दिएको छ। आज नगरपालिका कार्यालय मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) तथा शैक्षिक संस्थाहरु बन्द रहने छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार