यी हुन् नेपालमा बन्द हुन लागेका चर्चित सामाजिक संजाल

२०८२ भाद्र १९, बिहीबार १५:२५

सर्लाही – नेपाल सरकारले दर्ता नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयअनुसार अबदेखि नेपालमा आधिकारिक रूपमा दर्ता नगरेका कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाइने छैन।

सरकारले बन्दको सूचीमा फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, लिङ्कडइन, इमो, स्न्यापच्याट, विच्याटलगायत २६ वटा प्लेटफर्म राखेको छ।

सरकारको भनाइ अनुसार यी सञ्जालहरूले नेपालभित्र सेवा निरन्तरता दिन चाहने भए तोकिएको प्रक्रिया पूरा गरी दर्ता गर्नुपर्नेछ। अन्यथा, इन्टरनेट सेवा प्रदायकमार्फत सम्बन्धित प्लेटफर्महरू अवरुद्ध गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार