अदालतका नायब सुब्बा १२ हजार घुससहित रंगेहात पक्राउ

२०८२ भाद्र १९, बिहीबार १५:३२

सर्लाही – बाँके जिल्ला अदालतमा कार्यरत एक नायब सुब्बा घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयअन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले बिहीबार अदालतको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलालाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, धमलाले सेवाग्राहीसँग फैसलाको प्रतिलिपि उपलब्ध गराउने बहानामा १३ हजार रुपैयाँ घुस मागेका थिए।

उजुरीका आधारमा पुगेको टोलीले उनलाई १२ हजार रुपैयाँ लिइसकेको अवस्थामा बाँके, नेपालगञ्ज – ९ शान्तिनगरस्थित यातायात चोकबाट पक्राउ गरेको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार