सर्लाही – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसी समुदायलाई मुलुकबाट विस्थापित गर्न योजनाबद्ध प्रयास भइरहेको गम्भीर आरोप लगाएका छन्।
जनकपुरधाममा शुक्रबार सङ्घीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको “वर्तमान राजनीतिक अवस्था र जनजागरण अभियान” विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, “हामीलाई भगाउने षड्यन्त्र भइरहेको छ, त्यसैले मधेसी दलहरूबीच एकताको आवश्यकता परेको हो। अलग अलग दलमा रहे पनि मधेसको मुद्दामा हामी एउटै आवाज बोल्छौँ, एउटै संघर्ष गर्छौँ र अन्तिमसम्म एक भएर लड्छौँ।”
अध्यक्ष ठाकुरले आन्तरिक मतभेद रहे पनि मधेसका अधिकार र अस्तित्वका सवालमा सबै दलहरू एकै ठाउँमा उभिने स्पष्ट गर्दै भने, “यो आवश्यकता हो, मधेसप्रति भएको अन्यायविरुद्ध अन्तिम क्षणसम्म हामी एक भएर लडिरहनेछौँ।”





