सर्लाही – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने संकेत गरेका छन्। जेनजी आन्दोलनका क्रममा १६ भन्दा बढी व्यक्तिको ज्यान गएपछि उनले राजनीतिक नैतिकताको आधारमा यस्तो निर्णय लिन लागेका हुन्।
यस विषयमा लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आजै छलफल गर्ने तय भएको छ। कांग्रेसले पनि आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएको छ।

यस्तै, पछिल्लो घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। घटनापछि सत्ता – समीकरण र सरकारको भविष्यबारे चर्चासँगै उच्च राजनीतिक सरगर्मी देखिएको छ।





